कर्मचारीको पेशागत क्षमता बृद्धि अभियानमा सलिको इन्स्योरेन्स, पोखरामा प्रशिक्षण

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी प्रदेशमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिबृद्धिका लागि प्रशिक्षण कार्यक्रम (इन हाउस ट्रेनिङ) सम्पन्न गरेको छ । पोखराको गुडविल होटलमा वैशाख १४ र १५ गते आयोजना गरिएको कार्यक्रममा ५५ भन्दा बढी कर्मचारीहरुको उपस्थिति थियो । नेपाल बीमा प्राधिकरणको प्रचलित निर्देशिकाको कार्यान्वयन गर्दै आफ्ना कर्मचारीको क्षमता बढाउने काम गरिरहेको र सोही उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

इन्स्योरेन्सका नेसनल कोअर्डिनेटर तथा सहायक महाप्रबन्धक कविराज पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण कार्यक्रममा मार्केटिङ, अण्डरराइटिङ, दावी, मानव संसाधन, लेखा, ब्राण्डिङ र ग्राहक सेवा लगायतका विषयहरुमा प्रस्तुतीकरण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सुन्दरप्रसाद शर्मा र सहायक निर्देशक सुदिप गिरी लगायत प्रदेश प्रमुख तथा विभागीय प्रमुखहरुले आ–आफ्नो प्रस्तुतीकरण राखेका थिए ।

jutta mela

प्रस्तुतीकरणका विषयले कर्मचारीहरुमा ज्ञान र उत्साहको सञ्चार भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । मर्जरसँगै सलिकोले बजार बिस्तारलाई पहिलो प्राथमिकता दिएको पौडेलले बताए । ‘बजार बिस्तारमा सबै भन्दा ठुलो भुमिका कर्मचारीहरुकै हुन्छ, यसले गर्दा कम्पनीले केन्द्रमा रहेका कर्मचारीलाई मात्रै नभई प्रदेश स्तरका कर्मचारीलाई पनि उतिकै दक्ष बनाउने रणनीति बनाएको छ,’ उनले भने ।

बीमा कम्पनीहरु काठमाडौं तथा प्रमुख शहरहरुमा मात्रै केन्द्रित रहदै आएकोमा मर्जर पश्चात आफ्नो स्ट्रेन्थलाई उपयोग गर्दै ग्रामीण क्षेत्रमा पनि बजार विस्तार गर्न लागि परिरहेको पौडेलले बताए । ‘सलिकोले ग्रामीण क्षेत्रमा समेत आफ्नो बजार बिस्तार गरिरहेको छ,’ उनले भने ।

प्रशिक्षण कार्यक्रम सहित सलिको इन्सुरेन्सले यो आर्थिक वर्षमा आफ्ना सबै सातै प्रदेश भित्र प्रशिक्षण कार्यक्रम सम्पन्न भएको जानकारी गराएको छ ।

You might also like

Comments are closed.