काठमाडौं । सालपा विकास बैंक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्काशन गरेको हो ।
आईपीओमा पुस २० गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा पुस ३० गतेसम्म म्याद थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आवेदन सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ अनलाइनबाट दिन सकिनेछ ।



Comments are closed.