सुशील कोइराला फाउन्डेसन र खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रमबीच सम्झौता

काठमाडाैं ।
सुशील कोइराला मेमोरियल फाउन्डेसन र त्रिभुवन विश्वविद्यालय खेलकुद विज्ञानमा स्नातकोत्तर कार्यक्रमबीच युवा र खेलकुदमा सहकार्य गर्ने सहमति भएको छ ।

फाउन्डेसनका सदस्य सचिव अतुल कोइराला र कार्यक्रम प्रमुख गङ्गाबहादुर थापाबीच आज विश्वविद्यालयमा सम्झौता भएको हो । सम्झौता अनुसार शैक्षिक कार्यक्रममा खेलकुदलाई राखेर देशव्यापी अभियान सञ्चालन गरिने भएको छ ।

सम्झौता अनुसार देशभर युवा र खेलकुदमा रुचि हुनेलाई प्रोत्साहन गर्ने नीति पनि रहेको सदस्य सचिव कोइरालाले जानकारी दिएका थिए। नातावाद एवं राजनीतिकरणले खेलकुदलाई बिगार्ने भएकाले यसलाई स्वतन्त्र रुपमा सञ्चालन हुन दिनुपर्नेमा सम्झौता कार्यक्रमका वक्ताले जोड दिएका थिए ।

फाउन्डेसन र कार्यक्रमबीच गत वर्ष कोरोनापछि खेलाडीको मानसिक अवस्था कस्तो छ भनी संयुक्त रुपमा अध्ययन गरिएको थियो । युवा र खेलकुद विषयमा सरोकार राख्ने अन्य निकायसँग पनि सहकार्य गर्ने फाउन्डेसनको नीति रहेको जनाइएको छ ।

You might also like

Comments are closed.