काठमाडौं । निजी विद्यालयहरुको छाता संगठन नेशनल प्याब्सन काठमाडौं जिल्लाको सहसचिवमा सम्झना लामाले उम्मेदवारी घोषणा गरेका छन् ।
भदौ २७ गते हुने अधिवेशन नजिकिदै गर्दा उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
एभिएस स्कुलका प्रिन्सिपल सम्झना लामाले आफ्नो उम्मेदवारी घोषणा गरी प्रचार प्रसारका कार्यक्रमहरुलाई तिव्रता दिएका हुन् ।
हाल नेशनल प्याब्सन काठमाडौं जिल्लाको बर्तमान कार्यकालमा कार्यसमिति सदस्य भएर उनले काम गरिरहेका छन् ।
निजी विद्यालयको हक र हितका लागि सधैं अग्रभागमा रहेर सक्रिय हुँदै आएका लामा सालिन, कुशल र दक्ष नेताका रुपमा स्थापित छन् ।
Comments are closed.