गण्डकी प्रदेश सरकारको पहिलो प्राथमिकता खोप: मन्त्री आचार्य

सम्बृद्धि सहकारीको रक्तदानमा ६५ युनिट रगत संकलन

पोखरा । गण्डकी प्रदेश सरकारका मन्त्री हरिशरण आचार्यले सरकारले कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । सम्बृद्धि कृषि बचत तथा ऋण सहकारी संस्थाले शनिबार लेखनाथमा आयोजना गरेको रक्तदान कार्यक्रमको शुभारंभ गर्दै, मन्त्री आचार्यले खोपलाई प्राथमिकता दिदै, त्यसका लागि मुख्यमन्त्रीले संघिय सरकारसँग समन्वय गरिरहेको बताएका हुन । उनले एक दुई दिनमै मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग भेट गरी खोप खरिद र व्यवस्थापनका बिषयमा कुराकानी गर्ने उल्लेख गरे ।

मन्त्री आचार्यले जनता बचाउनु नै प्रदेश सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै, सार्वजनिक खरिद ऐनको पालना लगायतका कानूनले अप्ठ्यारो परेको बताउँदै, खोप खरिदका लागि जिटुजी प्रक्रिया वा के हुनसक्छ त्यसका लागि मुख्यमन्त्री प्रधानमन्त्रीलाई भेट्न काठमाण्डौं जान लागेका समेत स्पष्ट पारे । उनले जनता बाँचे विकास पछि पनि गर्न सकिने उल्लेख गर्दै, पिसिआर भन्दा पनि खोपनै गण्डकी सरकारको पहिलो प्राथमिकता भएको बताए ।

उनले सरकाले महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सरको उपचार निशुल्क गरिने उल्लेख गर्दै, कोरोना प्रभावितका लागि राहतका प्याकेज समेत ल्याउन छलफल चलिरहेको बताए । सरकार विस्तार मन्त्रालय टुंगो नलाग्दै हतारमा बजेट ल्याउनु परको बताउँदै, व्यवसायीसँग सुझाव लिन नसकिएको उल्लेख गरे ।

jutta mela

सहकारी अध्यक्ष सुमन भट्टराईले कोरोनाले व्यवसायीहरु धरासायी बनेको उल्लेख गर्दै, अहिले व्यवसाय बचाउन भन्दा पनि व्यवसायीलाई बचाउनु पर्ने अवस्था आएको बताए । उनले यथाशिघ्र खोपको व्यवस्था गर्न समेत प्रदेश सरकारसँग माग गरे ।

मन्त्री आचार्यले पहिलो रक्तदाताका रुपमा लेखनाथ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयलाई ब्लड व्याग हस्तान्तरण गरेका थिए । कार्यक्रममा ६५ जनाले रक्तदान गरेका थिए । पावर जिम तालचोकका संचालक राजेश सुवालको नेतृत्वका युवाहरुले रक्तदान सहित कार्यक्रममा सहयोग गरेका थिए भने लेखनाथ उद्योग बाणिज्य संघका पदाधिकारी र सदस्यहरुको समेत सहभागिता रहेको थियो । रक्तसंचार केन्द्र पोखराको आब्हानमा सहकारीले आकस्मिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । यसअघि पनि संस्थाले केन्द्रको आब्हानमा रक्तदान कार्यक्रम आयोजना गर्दा ६१ जनाले रक्तदान गरेका थिए ।

You might also like

Comments are closed.