बीमासहितको बचत खाता समृद्धि फाइनान्समा

काठमाडौं । समृद्धि फाइनान्सले खाता खोल्ने ग्राहकहरुलाई बचत पनि बीमा पनि भन्दै “समृद्धि सुरक्षित जीवन बचत खाता” संचालनमा ल्याएको छ । जसअन्तर्गत समृद्धि सुरक्षित जीवन बचत खाता (सरल) र समृद्धि सुरक्षित जीवन बचत खाता (स्वर्णीम) भनी दुईवटा बचत खाता रहेका छन् ।

समृद्धि सुरक्षित जीवन बचत खाता (सरल) मा न्यूनतम १० हजार राख्नुपर्ने र ७ लाख सम्मको दुर्घटना बिमा सुविधा हुनेछ भने समृद्धि सुरक्षित जीवन बचत खाता (स्वर्णीम) मा न्यूनतम ५० हजार रुपैयाँ राख्नुपर्ने र ७ लाख सम्मको दुर्घटना बिमा तथा १ लाख सम्मको औषधी उपचार बिमा सुविधा लिन सक्ने फाइनान्सले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको फाइनान्सले हालको डिजिटल युगलाइ आत्मसाथ गर्दै ग्राहकहरुलाई मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड, अनलाइन खाता खोल्ने जस्ता डिजिटल सुविधा र आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सुविधाहरु प्रदान गरिरहेको छ ।

jutta mela

हाल पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको उक्त संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा, कोभिड रिलिफ कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ्ग तथा अनलाइनबाटै ग्राहक पहिचान विवरण भर्ने लगायतको प्रविधिमा आधारित सेवाहरु पनि संचालनमा ल्याउँदैछ ।

You might also like

Comments are closed.