समृद्धिमा शुन्य प्रतिशतमा कन्जूमर इएमआइ कर्जा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र ए टु जेड अनलाइन बजारबीच बुधबार कन्जुमर इएमआइ कर्जा प्रवाह सम्बन्धी सम्झौता भएको छ । अब ५० हजार देखि ५ लाख सम्मको सामग्री खरिदमा जिरो प्रतिशत व्याजदरमा ए टु जेड अनलाइन बजार तथा फाइनान्स कम्पनीका ग्राहकहरुले ६ महिना देखि ३६ महिना सम्मका लागि उक्त कर्जा सुविधा पाउनेछन् । सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र ए टु जेड अनलाइन बजारका तर्फबाट कार्यकारी सञ्चालक प्रकाश पाठकले हस्ताक्षर गरेका छन् ।

फाइनान्स कम्पनीका बजार तथा व्यवसायक प्रवद्र्धन प्रमुख शालिकराम पन्थीका अनुसार उक्त कर्जा बैंकका नयाँ तथा पुराना ग्राहकहरुलाई मध्यनजर गर्दै बनाइएको हो । यो कर्जाले ग्राहकहरुलाई आवश्यक इलेक्ट्रिक ग्याजेट तथा घरायसी सामग्री खरिद गर्न सहज हुने बताइएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । संस्थाले आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

MANASLU

साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ तथा इकेवाइसि लगायतको प्रबिधिमा आधारित सेवाहरु पनि सञ्चालनमा ल्याउँदैछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...