समृद्धि फाइनान्सद्वारा टिकटक भिडियो च्यालेञ्ज संचालन

काठमाडौं । समृद्धि फाइनान्सले साउन २८ गतेबाट एक महिना सम्मका लागि टिकटक भिडियो च्यालेञ्ज संचालनमा ल्याएको छ । उक्त च्यालेञ्जमा नेपाली नागरिक जो कोहि पनि सहभागी हुन सक्नेछन् ।

फाइनान्सको टिकटक पेजमा दुई वटा अडियो जिङ्गल उपलब्ध रहेको र प्रयोगकर्ताले त्यहि जिङ्गलमा टिकटक बनाउनुपर्ने फाइनान्सले जनाएको छ । उक्त च्यालेञ्जमा भाग लिएका व्यक्तिहरुले कम्तीमा पाँच जना साथीहरुलाई पेज ट्याग गर्नुपर्ने र यसरी राखिएका भिडीयोहरु समृद्धि फाइनान्सले आफ्नो सोसियल मिडियाहरुमा प्रयोग गर्ने जनाएको छ । साथै सबैभन्दा अधिक भ्युज हुने उत्कृष्ट तीन जनालाई क्रमश : ५ हजार, ३ हजार र २ हजार पुरस्कार दिने फाइनान्स कम्पनीका व्यापार विकास प्रमुख शालिकराम पन्थीले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड कर्पोरेट पे जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ । हाल पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको उक्त संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ ।

jutta mela

साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ तथा इकेवाइसि लगायतको प्रबिधिमा आधारित सेवाहरु पनि सञ्चालनमा ल्याउँदैछ ।

You might also like

Comments are closed.