समृद्धि फाइनान्स र फेवा बजार बिच सम्झौता

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र फेवा बजारबीच कन्जुमर इएमआइ कर्जा प्रवाह सम्बन्धी सम्झौता भएको छ । पचास हजार देखि पाँच लाख सम्मको सामग्री खरिदमा जिरो प्रतिशत व्याजदरमा फेवा बजार तथा फाइनान्स कम्पनीका ग्राहकले ६ महिना देखि ३६ महिना सम्मका लागि कर्जा सुविधा पाउनेछन् । सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र फेवा बजारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन आर्चायले साउन २६ गते हस्ताक्षर गरेका छन् ।

फाइनान्स कम्पनीका बजार तथा व्यवसायक प्रवद्र्धन प्रमुख शालिकराम पन्थीका अनुसार उक्त कर्जा बैंकका नयाँ तथा पुराना ग्राहकहरुलाई मध्यनजर गर्दै बनाइएको हो । यो कर्जाले ग्राहकहरुलाई आवश्यक इलेक्ट्रिक ग्याजेट तथा घरायसी सामग्री खरिद गर्न सहज हुने बताइएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड कर्पोरेट पे जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ । हाल पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको उक्त संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ ।

साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ तथा इकेवाइसि लगायतको प्रबिधिमा आधारित सेवाहरु पनि सञ्चालनमा ल्याउँदैछ ।

You might also like

Comments are closed.