जनचेतना कार्यक्रममा समृद्धि फाइनान्स

काठमाडौं । समृद्धि फाइनान्स लगायतका विभिन्न संघ संस्थाहरुको सहभागीतामा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, गण्डकी प्रदेश तथा शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, पोखराको संयुक्त आयोजनामा ¥याली तथा विभिन्न् कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा अपाङ्गता सम्बन्धी जनचेतना जगाउन पर्चा तथा पम्प्लेट वितरण गरिएको थियो साथै उक्त अवसरमा विभिन्न खेलकुद प्रतियोगीताहरु पनि आयोजना गरिएको थियो ।

jutta mela

हाल पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको फाइनान्सले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा, कोभिड रिलिफ कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ तथा अनलाइनबाटै ग्राहक पहिचान विवरण भर्ने लगायतको प्रविधिमा आधारित सेवाहरु पनि संचालनमा ल्याउने फाइनान्सले बताएको छ ।

You might also like

Comments are closed.