काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र रेमिट टु नेपाल प्रा.लि बीच रेमिट्यान्स सम्झौता भएको छ ।
सम्झौतामा समृद्धि फाइनान्सका तर्फबाट प्रमुख व्यवस्थापक विनोदराज पौडेल र रेमिट टु नेपालका तर्फबाट महाप्रवन्धक सन्तोष भेटुवालले हस्ताक्षर गरेका छन् । यो सम्झौता पश्चात खाडि मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउन अझ सहयोग मिल्ने र ग्राहकहरुलाई थप रेमिट्यान्स सुविधा उपलब्ध हुने कुरा फाइनान्सका सञ्चालन विभाग प्रमुख सुरज सर्राफले जानकारी दिए ।
नेपाल राष्ट्र बैंकबाट “ग” बर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । फाइनान्सले बचत खातामा उच्चतम् व्याजदरमा निक्षेप संकलन गरिरहेको छ । सामान्य बचत खातामा ७.५ प्रतिशत व्याज प्रदान गरेको छ जुन सामान्य बचत खातामा बैंक तथा वित्त कम्पनीमा उच्चतम व्याजदर हो ।
Comments are closed.