समृद्धि फाइनान्सले २०औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा भट्टराई चयन

हेटौंडा । समृद्धि फाइनान्सले २०औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय रहेको हेटौडामा समितिका अध्यक्ष विनोद कुमार सुवेदीकोे अध्यक्षतामा भौतिक र भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न भएको हो ।

साधारण सभामा अध्यक्षले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन माथि प्रत्यक्ष र भर्चुअल माध्यमबाट सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष विनोद कुमार सुवेदीका र प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले स्पष्ट पारेका थिए ।

साधारणसभाबाट फाइनान्सको सञ्चालकमा संस्थापक समूहबाट ठाकुर प्रसाद भट्टराई, दीपक अधिकारी, गुप्त बहादुर राना र सुजन अधिकारी र सर्वसाधारण समूहबाट बिनोद कुमार सुवेदी र शिवलाल पुरीलाई सञ्चालक पदमा निर्वाचित भएका छन् । साधारणसभा पश्चात बसेको सञ्चालक समितिको पहिलो बैठकले फाइनान्सको अध्यक्षमा ठाकुरप्रसाद  भट्टराई सर्वसम्मत चयन भएका छन् ।

jutta mela

You might also like

Comments are closed.