काठमाडौं । समृद्धि फाइनान्सको आयोजनामा फागुन २१ गते शनिबार खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम संस्थाका काठमाण्डौ, हेटौंडा, नारायणगढ र पोखरा शाखाबाट सञ्चालन गरेको थियो ।
विहान १० बजेदेखि सुरु गरिएको कार्यक्रममा संस्थाका कर्मचारी र सर्वसाधारणले रक्तदान गरेका थिए । सो कार्यक्रम नेपाल स्वयंसेवि रक्तदाता समाजको सहकार्यमा गरिएको हो । समय समयमा संस्थाले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
फाइनान्सले मुद्धति निक्षेपमा सर्वाधिक ११.७१%, र सामान्य बचत निक्षेपमा अधित्तम ८% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । साथै फाइनान्सले समृद्धि रेमिट्यान्स मुद्धति निक्षेपमा १२.७१ र समृिद्ध रेमिट्यान्स बचत खातामा ९ प्रतिशतसम्म ब्याज प्रदान गरिरहेको छ ।
Comments are closed.