समृद्धि फाइनान्सको नयाँ क्यालेन्डर सार्वजनिक

काठमाडौं । समृद्धि फाइनान्सले नयाँ वर्ष २०७९ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ । यहि चैत्र १६ गते संस्थाका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले शाखा कार्यालय पुतलीसडक काठमाडौंमा एक कार्यक्रममाझ क्यालेण्डर सार्वजनिक गरेका हुन् ।

साथै, इ–क्यालेन्डर पनि आपm्नो आधिकारिक अनलाइन पेज फेसबुक, इस्टाग्राम र टुइटर र वेभसाइट मार्फत सार्वजनिक गरिएको फाइनान्सका व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधित्तम १० प्रतिशत सहित आकर्षक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।

फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको छ । शाखा सञ्जाल बिस्तार गर्दै चाँडै नै जनकपुर, इटहरि र बनेपामा पनि शाखा सञ्चालन हुने फाइनान्सले जनाएको छ ।

You might also like

Comments are closed.