समृद्धि फाइनान्स र आइएमई मोटर्सबीच सवारी कर्जा सम्बन्धी सम्झौता

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र आइएमई मोटर्स लिमिटेडबीच सम्झौता भएको छ । अशोक लेल्याण्ड ब्राण्डका हलुका सवारी कर्जा सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा समृद्धि फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनी र आइएमई मोटर्सका तर्फबाट सञ्चालक सुमन पोखरेलले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै आइएमईका ग्राहकले सवारी साधनको मूल्यको ७० देखि ८० प्रतिशतसम्मको सवारी कर्जा समृद्धि फाइनान्सबाट लिन सक्नेछन् । कर्जा अवधि ५ देखि ७ वर्षको हुनेछ । यो सुविधा फाइनान्सको जुनसुकै शाखाहरुबाट लिन सक्ने फाइनान्सले जनाएको छ ।

राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले पाँच वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

निकट भविष्यमा डेविट कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, इन्टरनेट बैंकिङ लगायतको प्रविधमा आधारित भुक्तानी सेवा पनि संचालनमा ल्याउने फाइनान्सले जनाएको छ ।

You might also like

Comments are closed.