काठमाडौं । राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति प्राप्त गरेको छ । उक्त स्वीकृति पाएसँगै फाइनान्सले डेविट कार्ड, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ र क्यु. आर कोड सेवा फाइनान्स कम्पनीले संचालन तथा प्रदान गर्नेछ ।
यसै अवसरमा फाइनान्सका ग्राहकलाई मोबाइल बैंकिङ र डेबिट कार्ड सेवा २०७८ असार मसान्तसम्म निःशुल्क प्रदान गर्ने संस्थाले जानकारी गराएको छ ।
फाइनान्सले पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । संस्थाले आइपिएस, कनेक्ट आइपिएस, रेमिटान्स, क्लियरिङ लगायतका सेवाहरु सञ्चालन गरिरहेको छ ।
निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ । निकट भविष्यमा इन्टरनेट बैंकिङ लगायतको प्रविधमा आधारित भुक्तानी सेवा पनि संचालनमा ल्याउने फाइनान्सले जनाएको छ ।






Comments are closed.