समृद्धि फाइनान्सद्वारा ह्वील चियर वितरण

काठमाडौं । समृद्धि फाइनान्सले शुक्रबार संस्थागत सामाजिक उक्तरदायित्व अन्र्तगत ह्वील चियर वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम रोटरी क्लब अफ महाबौद्ध र राष्ट्रिय अपाङ्ग कोषको सहकार्यमा गरिएको हो । कार्यक्रममा फाइनान्सको तर्फबाट सञ्चालक विनोद कुमार सुवेदी र प्रमुख सञ्चालन अधिकृत चुडामणी खनाल र रोटरी क्लब अफ महाबौद्धका अध्यक्ष बत्स शाक्यको उपस्थिति रहेको थियो ।
समय समयमा संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको संस्थाले यही फागुन महिनामा रक्तदान कार्यक्रमआयोजना गर्न लागेको समेत फाइनान्सको प्रमुख सञ्चालन अधिकृत खनाल जानकारी समेत जानकारी दिएका छन् ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत आधुनिक बैंकिङ सेवा प्रदान आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.