समृद्धि फाइनान्सको नारायणगढ चितवन शाखाको आयोजनामा रक्तदान कार्यक्रम

काठमाडौं ।  समृद्धि फाइनान्सको शाखा कार्यालय नारायणगढ चितवनको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो । फागुण १८ गतेबाट सुरु गरिएको कार्यक्रम भोलि २८ गते बुटवल शाखाबाट आयोजना गरी समापन गर्ने तालिका रहेको संस्थाले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.