काठमाडौं । राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले डेविट कार्ड, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ र क्यु.आर. कोड सेवा संचालनमा ल्याएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत टीकानिधी लोहनीले भर्चुअल कार्यक्रमबाट उक्त सेवाको शुभारम्भ गरेका छन् ।
विश्वव्यापी फैलिएको कोरोना महामारीको प्रकोप नेपालमा समेत बढिरहेको अवस्थामा कम्पनीका ग्राहकलाई घरमै बसेर कारोबार गर्न यी सेवाले योगदान पुर्याउनेछ । ‘कम्पनीले संचालनमा ल्याएको डिजिटल पेमेन्ट सिस्टमले घरमै बसरे सेवा लिन ग्राहकहरुलाई सहज हुनेछ,’ लोहनीले भने ।
ग्राहकले घरमै बसी बसी डिजिटल पेमेन्टको प्रयोगबाट समानहरु खरिद गर्ने, एक बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्ने, विद्युत तथा फोन महशुल तिर्नुका साथै मोबाइल रिचार्ज गर्ने र अन्य धेरै सुविधाहरु लिन सक्ने उनले बताए । ग्राहकलाई मोबाइल बैंकिङ र डेबिट कार्ड सेवा सुचारु गर्दा कुनै पनि शुल्क नलिने फाइनान्सले जनाएको छ ।
फाइनान्सले हेटौंडा, काठमाडौं, पोखरा, नारायणघाट र वुटवलमा रहेका पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना बनाएको छ ।
संस्थाको आइपिएस, कनेक्ट आइपिएस, रेमिटान्स, क्लियरिङ लगायतका सेवाहरु सञ्चालनमा छन् । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ । निकट भविष्यमा Internet Banking/Online Account Opening/Viber Banking लगायतको प्रविधिमा आधारित सेवा पनि संचालनमा ल्याउने प्रमुख कार्यकारी अधिकृत लोहनीले जानकारी दिए ।
Comments are closed.