समृद्धि फाइनान्सद्वारा मोबाइल बैंकिङबाट रेमिट्यान्स सेवा सुरु

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले समृद्धि मोबाइल बैंकिङ एपबाट रेमिट्यान्स सेवा प्रदान गर्ने भएको छ । आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै फाइनान्सले यो सेवा सुरु गर्न लागेको हो । जस अन्तर्गत सिटी एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकले नेपालभरी पैसा पठाउन र विदेश वा नेपाल भित्रबाट पठाएको पैसा घरै बसी पाउनेछन् । मोबाइल बैंकिङबाट रेमिट्यान्स सेवा सुविधा दिने समृद्धि पहिलो फाइनान्स कम्पनी बनेको प्रमुख कार्यकारी अधिकृत टीकानिधी लोहनीले जानकारी दिए ।

रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ एपमा रहेको रेमिट्यान्सबाट ‘सेन्ड मनी’मार्फत् सोझै नगद वा बैकको खातामा जम्मा गर्न मिल्ने दुवै सुबिधामध्ये एक रोज्न सक्नेछन् । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ ।

यसका साथै मोबाइल बैकिङ एपमा रहेको रेमिट्यान्सबाट ‘रिसिभ मनी’ प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैक खातामा संकलन वा प्राप्त गर्न सकिने फाइनान्सले जनाएको छ ।

साथै कम्पनीले संचालनमा ल्याएको क्बmचष्ममजष् mद्यबलप ब्उउष्अिबतष्यल बाट ग्राहकले घरमै बसी बसी डिजिटल पेमेन्टको प्रयोगबाट समानहरु खरिद गर्ने, एक बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्ने, विद्युत तथा फोन महशुल तिर्नुका साथै मोबाइल रिचार्ज गर्ने र अन्य धेरै सुविधाहरु लिन सक्नेछन् । फाइनान्सले सम्पूर्ण ग्राहकलाई मोबाइल बैंकिङ र डेबिट कार्ड सेवा सुचारु गर्दा निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।

फाइनान्सले आफ्ना पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । संस्थाको आइपिएस, कनेक्ट आइपिएस, रेमिटान्स, क्लियरिङ लगायतका सेवाहरु सञ्चालनमा छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.