समृद्धि फाइनान्सले ल्यायो ‘समृद्धि क्रमिक मुद्दती खाता’

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अत्यन्तै आर्कषक व्याजदरका साथ समृद्धि क्रमिक मुद्दती खाता सार्वजनिक गरेको छ । उक्त खाता नेपाली नागरिक जो कसैले खोल्न सक्नेछन् । यो वचत खाता भविष्यमा बाल बच्चालाई पढाउनको लागि रकम जम्मा गर्ने, छोरा छोरीको विवाहको लागि क्रमिक रुपमा रकम जम्मा गर्ने अन्य प्रयोजनका लागि भविष्ययका लागि रकम जम्मा गर्नेहरुका लागि यो योजना उपयोगी हुने बै.कले जनाएको छ । साथै आकर्षक व्याज आम्दानी गर्ने व्यवसायी, गृहीणी, सरकारी तथा गैर सरकारी संस्थाका जागिरे व्यक्ति तथा अन्य व्यक्तिहरुलाई यो खाता विशेष लाभदायिक हुन बताइएको छ ।

उक्त खाता खोल्दा न्युनतम मौज्दात रु १,०००।– राख्नुपर्नेछ भने मासिक रुपमा कम्तीमा रु. ५००।– र बढीमा रु. ५०० ले गुणा हुने रकम जम्मा गर्न सक्नेछन् । सो योजना ५ वर्ष देखि १५ बर्ष सम्मको हुनेछ । ग्राहकले आफ्नो आवश्यकता अनुसार वर्ष रोजी उक्त रकम एकमुष्ठ भुक्तानी पाउनेछन् ।
अन्य बैंक तथा वित्तिय संस्थाको खातामा भन्दा यस संस्थाको समृद्धि क्रमिक मुद्दती खाता निम्न कारणले विशेष उपयोगी रहेको कुरा फाइनान्स कम्पनीका कार्यकारी अधिकृत टिकानिधि लोहनीले जानकारी दिए ।

उक्त समृद्धि क्रमिक मुद्धती बचत खाता खोल्ने ग्राहकहरुको दम्पतीको रु. १०,००,०००।– सम्मको दुर्घटना बिमा हुनेछ । बच्चाको खाता भएमा उक्त रकम बराबरको अभिभावकको समेत बिमा हुनेछ । अबधी नसकिदै ग्राहकलाई रकमको आवश्यकता परेमा बचतको ९० प्रतिशत कर्जा लिन सकिने बताइएको छ । Balance Certificate र Good For Payment मा २५ प्रतिशत छुट पाउनुका साथै कर्जा लिने ग्राहकहरुले विशेष छुट पाउनेछन् ।

jutta mela

साथै Samriddhi mBank Mobile Application मार्फत नेपालमै पहिलो पटक मोवाइलबाटै रेमीट्यान्स पठाउन र पाउन सक्ने व्यवस्था गर्ने पहिलो फाइनान्स कम्पनी हो । अन्य Digital Payment System हरुका साथै संस्थाले आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा ल्याएको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा, शेयर कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

सो फाइनान्सले आफ्ना पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । साथै संस्थाले निकट भविष्यमै Online Account Opening, e-KYC Update जस्ता डिजिटलमा आधारित विभिन्न सेवाहरु संचालनमा ल्याउने भएको छ ।

You might also like

Comments are closed.