काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको जनकपुर शाखाले आफ्नो तेस्रो वार्षिकोत्सव विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख ग्राहकहरू, स्थानीय व्यक्तिहरू तथा शाखाका कर्मचारीहरूको उपस्थितिमा उत्सव मनाइएको थियो ।
उक्त अवसरमा शाखाले आफ्नो तीन वर्षको प्रगति विवरण प्रस्तुत गर्दै उपलब्धिहरू साझा गर्यो । शाखा प्रमुखले ग्राहकहरूको साथ र विश्वासकै कारण निरन्तर प्रगति हासिल भएको बताउँदै, आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सहभागी प्रमुख ग्राहक र स्थानीय व्यक्तिहरूलाई आभार व्यक्त गर्दै, समृद्धि फाइनान्सले आगामी दिनमा उत्कृष्ट सेवा र सहकार्यको अपेक्षा राखेको जनाएको छ ।
समृद्धि फाइनान्सको यो सफल यात्रा र आगामी योजनाहरूले वित्तीय सेवाको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त गरी १३ शाखाहरू मार्फत कारोबार गर्दै आएको छ । साथै, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग, मोवाइल बैंकिङ्ग, डेबीट कार्ड र क्यू.आर. कोड जस्ता डिजिटल सुविधाहरू प्रदान गर्दै आएको छ ।
Comments are closed.