समृद्धि फाइनान्सको सिइओमा लोहनी

 

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा टीका निधी लोहनी नियुक्त भएका छन् । फाइनान्सको सञ्चालक समिति बैठकले निधीलाई सिइओ नियुक्त गरेको हो ।

सञ्चालन समितिले उनलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । निधी यस अगाडि फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत थिए ।

मकवानपुरको हेटौंडामा केन्द्रीय कार्यालय रहेको फाइनान्सको शाखा कार्यालय हेटौंडा, बुटवल, काठमाडौंमा छन् । फाइनान्सले पोखरा र चितवनमा शाखा विस्तारको तयारी गरेको छ ।

You might also like

Comments are closed.