काठमाडौं । सामसङ नेपालले होली पर्वको अवसरमा आफ्ना वाशिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक छुट, क्यासब्याक तथा एक्सचेन्ज बोनससहितको विशेष ‘होली अफर’ सार्वजनिक गरेको छ, जुन फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभरका अधिकृत सामसङ रिटेल स्टोरहरूमा लागू हुनेछ ।
अफरअन्तर्गत सामसङका विभिन्न मोडेलका वाशिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक क्यासब्याक, सरल फाइनान्स सुविधा तथा निःशुल्क इन्स्टलेसन उपलब्ध गराइएको छ, जहाँ ग्राहकहरूले ७ केजीदेखि १२ केजी क्षमतासम्मका एआई इकोबबल फ्रन्ट–लोड वाशिङ मेसिन, वाशर ड्रायर, फुल्ली अटोमेटिक तथा सेमी–अटोमेटिक टप–लोड वाशिङ मेसिनमा अधिकतम २३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् भने सिंगल डोर, डबल डोर र साइड–बाइ–साइड (SBS) रेफ्रिजरेटरहरूमा ११ प्रतिशतदेखि १७ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ ।
यसअन्तर्गत सेमी–अटोमेटिक टप–लोड (७ केजी) र फुल्ली अटोमेटिक टप–लोड (८ केजी) वाशिङ मेसिनमा १२ प्रतिशतसम्म, एआई इकोबबल फ्रन्ट–लोड (९–१२ केजी) मा २० प्रतिशतसम्म र एआई इकोबबल वाशर ड्रायर (९–११ केजी) मा २३ प्रतिशतसम्म क्यासब्याक प्रदान गरिनेछ भने रेफ्रिजरेटरतर्फ SBS (७०० लिटर) मा ११ प्रतिशतसम्म, ५–इन–१ (३५०–४१९ लिटर) मा १६ प्रतिशतसम्म, डबल डोर (२५३–२७५ लिटर) मा १७ प्रतिशतसम्म र सिंगल डोर (१९२–२३० लिटर) मा १५ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ ।
सामसङका वाशिङ मेसिनहरूमा DIT मोटरमा २० वर्षको वारेन्टी तथा ४०० भोल्टसम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा र रेफ्रिजरेटरहरूमा ३०० भोल्टसम्मको भोल्टेज उतारचढावबाट सुरक्षा उपलब्ध रहेको छ, जसले दीर्घकालीन टिकाउपन सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।
साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टाफाइनान्स सेवामार्फत ग्राहकहरूले नागरिकता मात्रको आधारमा ० प्रतिशत ब्याजदरमा सजिला EMI विकल्पसहित सामसङ होम अप्लायन्स खरिद गर्न सक्नेछन् भने आर्कोस्टोर तथा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरमार्फत आफ्ना पुराना उपकरणहरू साटेर नयाँ सामसङ टिभी वा होम अप्लायन्समा अपग्रेड गर्न सक्ने सुविधा पनि उपलब्ध गराइएको छ।




Comments are closed.