सामसङको ‘होली अफर’ सार्वजनिक

काठमाडौं ।  सामसङ नेपालले होली पर्वको अवसरमा आफ्ना वाशिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक छुट, क्यासब्याक तथा एक्सचेन्ज बोनससहितको विशेष ‘होली अफर’ सार्वजनिक गरेको छ । यो अफर फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ ।

अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजरेटरका विभिन्न मोडेलमा क्यासब्याक, सजिलो फाइनान्स सुविधा तथा निःशुल्क इन्स्टलेसन उपलब्ध गराइएको छ । ग्राहकहरूले ७ केजीदेखि १२ केजीसम्मका एआई इकोबबल वाशर ड्रायर, फ्रन्ट–लोड, फुल्ली अटोमेटिक र सेमी–अटोमेटिक टप–लोड वाशिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशतसम्म क्यासब्याक पाउनेछन् ।

त्यसैगरी, सिंगल डोर, डबल डोर तथा साइड–बाई–साइड रेफ्रिजरेटरमा ११ प्रतिशतदेखि १७ प्रतिशतसम्म क्यासब्याक सुविधा उपलब्ध छ । सामसङका वाशिङ मेसिनमा DIT मोटरमा २० वर्षको वारेन्टी तथा ४०० भोल्टसम्मको भोल्टेज फ्लक्टुएसन सुरक्षा रहेको छ भने रेफ्रिजरेटरमा ३०० भोल्टसम्मको भोल्टेज फ्लक्टुएसन सुरक्षा दिइएको छ, जसले दीर्घकालीन टिकाउपन सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।

साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टाफाइनान्स सेवामार्फत ग्राहकहरूले ० प्रतिशत ब्याजदरमा सजिलो ईएमआई विकल्पमा सामसङ होम अप्लायंस् खरिद गर्न सक्नेछन् । यसका लागि केवल नागरिकता मात्र आवश्यक पर्ने जनाइएको छ ।

नयाँ सामसङ टिभी वा होम अप्लायंस्मा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर तथा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरमार्फत आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्नेछन् ।

You might also like

Comments are closed.