सामसङ नेपालले युवा प्रोफेशनलहरू र कन्टेन्ट क्रिएटर्सलाई लक्षित गर्दै एआई–सञ्चालित सुविधासहितको नयाँ स्मार्टफोन ग्यालेक्सी S25 FE नेपाली बजारमा सार्वजनिक गरेको छ ।
रु. ९९,९९९ (८GB/२५६GB) मा उपलब्ध यो मोडेलले ग्यालेक्सी एआई र वन यूआई ८ को आधारमा आवाज, टच र भिजुअलमार्फत सहज बहु–मोडल इन्टर्याक्शन प्रदान गर्दछ । जेमिनी लाइभ, नाउ बार, नाउ ब्रीफ र सर्कल टु सर्च जस्ता एआई फिचरहरूले दैनिक कार्यलाई अझै छिटो, स्मार्ट र सरल बनाउने बताइएको छ ।
एआई–संचालित प्रोभिजुअल इन्जिन, सुपर HDR तथा अपग्रेड गरिएको १२MP फ्रन्ट क्यामेरासहित यस फोनले स्पष्ट तथा जीवन्त रंगका फोटो–भिडियो क्याप्चर गर्न सक्षम बनाएको छ भने जेनेरेटिभ एडिट, पोर्ट्रेट स्टुडियो, इन्स्ट्यान्ट स्लो–मो, अडियो इरेजर र अटो–ट्रिम जस्ता सुविधाले फोटो तथा भिडियो सम्पादनलाई सजिलो बनाउँछन् ।
४,९००mAh ब्याट्री, ४५W फास्ट चार्जिङ, ठूलो भेपर चेम्बर र आर्मर एल्युमिनियम फ्रेमसहितको S25 FE ले दिगो परफर्मेन्स र भरपर्दो स्थायित्व प्रदान गर्दछ । ६.७ इन्चको डायनामिक AMOLED २X डिस्प्ले र १२०Hz रिफ्रेस दरसहितको आधुनिक डिजाइनले यसलाई अझ आकर्षक बनाएको छ ।
सामसङ नेपालका MX डाइरेक्टर प्रणय रत्न स्थापितका अनुसार, ग्यालेक्सी S25 FE ले फ्ल्यागशिप स्तरको इनोभेशन सहज पहुँचमा पुर्याउँदै उन्नत एआई क्षमता, उत्कृष्ट क्यामेरा प्रदर्शन र ग्यालेक्सी इकोसिस्टम कनेक्टिभिटीलाई एकै डिभाइसमा उपलब्ध गराएको छ । साथै, ग्राहकहरूले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्समार्फत ०% ब्याजदरमा सजिलो ईएमआई योजनामा पनि यो डिभाइस खरिद गर्न सक्नेछन् ।








Comments are closed.