काठमाडौं । नेपालकै अग्रणी र भरपर्दो स्मार्टफोन ब्रान्ड सामसुङले ग्यालेक्सी M सिरिजअन्तर्गत आफ्नो नयाँ स्मार्टफोन Galaxy M36 5G नेपाली बजारमा सार्वजनिक गरेको छ । Velvet Black र Serene Green रंगमा उपलब्ध यो फोन देशभरिका आधिकारिक सामसुङ रिटेल स्टोरहरूमा पाइनेछ। यो स्मार्टफोन दुई भेरियन्टमा उपलब्ध छ । जसमा 8GB RAM + 128GB स्टोरेज को मूल्य NPR 36,999 र 8GB RAM + 256GB स्टोरेज को नेपाली मूल्य 41,999 राखिएको छ।
Galaxy M36 5G मा Google Circle to Search र Gemini Live जस्ता एडभान्स AI फिचरहरू समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई फोटो चिन्ने वा AI असिस्टेन्टसँग लाइभ कुराकानी गर्न सजिलो बनाउँछ । केवल 7.7mm पातलो र Corning® Gorilla® Glass Victus®+ सुरक्षासहितको यो फोन 6.7-इन्चको FHD+ Super AMOLED डिस्प्ले, 120Hz रिफ्रेश रेट र Vision Booster टेक्नोलोजीले सुसज्जित छ, जसले उज्यालोमा पनि उत्कृष्ट दृश्य प्रदान गर्छ ।
क्यामेराको हिसाबले, Galaxy M36 5G मा 50MP OIS ट्रिपल क्यामेरा छ, जसले स्टेबल भिडियो र कम प्रकाशमा समेत उत्कृष्ट तस्बिर खिच्न सक्षम बनाउँछ । Auto Night Mode, Nightography, 4K भिडियो रेकर्डिङ, Photo Remaster र Object Eraser जस्ता एडिटिङ टुलहरूले यो फोनलाई फोटोग्राफी प्रेमीहरूका लागि उपयुक्त बनाउँछ ।
Exynos 1380 (5nm) चिपसेटसहित यो फोनले मल्टिटास्किङ र गेमिङ अनुभवलाई सहज बनाउँछ, जसमा Vapor cooling chamber ले डिभाइसलाई चिसो राख्छ । 5000mAh ब्याट्री र 25W फास्ट चार्जिङले लामो समयसम्म पावर सुनिश्चित गर्छ ।
सुरक्षाको हिसाबले, यसमा Samsung Knox Vault को सुविधा दिइएको छ, जसले प्रयोगकर्ताको डेटा सुरक्षित राख्छ । साथै, 6 वर्षसम्मको सुरक्षा अपडेट र 6 जेनेरेशनसम्मको Android अपग्रेडको प्रतिबद्धताले यो फोन दीर्घकालीन प्रयोगका लागि उपयुक्त बनाउँछ । नयाँ One UI 7 मा चल्ने यस फोनमा क्लीनर होम स्क्रिन, अपडेटेड विगेट्स र Now Bar जस्ता नवीन फिचरहरू पनि छन् ।
Galaxy M36 5G आजैदेखि (जुलाई २४) नेपालभरका सबै आधिकारिक सामसुङ स्टोरहरूमा उपलब्ध हुनेछ ।
Comments are closed.