काठमाडौं । सामसङ नेपालले आफ्नो बहुप्रतीक्षित ग्यालेक्सी एस२६ सिरिजका स्मार्टफोनहरू ग्यालेक्सी एस२६ अल्ट्रा, ग्यालेक्सी एस२६ प्लस र ग्यालेक्सी एस२६ नेपाली बजारमा सार्वजनिक गरेको छ । ग्यालेक्सी एआई प्रविधिद्वारा सञ्चालित यो नयाँ सिरिज प्रयोगकर्ताको दैनिक कार्यलाई अझ सहज, स्मार्ट र परिणाममुखी बनाउन डिजाइन गरिएको छ ।
नेपालमा यसको प्रि-अर्डर ८(१८ मार्चसम्म ९वा स्टक रहेसम्म० खुल्ला रहने जानकारी कम्पनीले दिएको छ । सामसङ नेपालका सिनियर डाइरेक्टर तथा हेड अफ एमएक्स, प्रनय रत्न स्थापितका अनुसार यो सिरिजले एजेन्टिक एआई मार्फत नयाँ दिशा सङ्केत गरेको छ । यो इन्टेलिजेन्स प्रविधिले दैनिक कामहरूलाई शान्त रूपमा व्यवस्थापन गर्छ, जसले गर्दा प्रयोगकर्ताहरूले आफ्नो महत्त्वपूर्ण समय परिवारसँग बिताउन वा उत्पादकत्व बढाउनमा ध्यान केन्द्रित गर्न सक्छन् ।
कम्पनीले आफ्नो पहुँच विस्तार गर्न २४ महिनाको ईएमआई सुविधा पनि ल्याएको छ । जसले ग्राहकलाई कुनै आर्थिक दबाब बिना फ्ल्यागशिप प्रविधिको अनुभव लिन सक्षम बनाउनेछ ।
ग्यालेक्सी एस२६ सिरिज विशेष गरी अल्ट्रा मोडेल, विभिन्न अत्याधुनिक सुविधाहरूले भरिपूर्ण छ । ग्यालेक्सी एस२६ अल्ट्रामा उद्योगकै पहिलो इन राखिएको छ, जसले पिक्सेल(लेभल प्राइभेसी सुनिश्चित गर्छ ।
७.९ एमएमको स्लिम डिजाइनमा रहेको यो फोनमा कस्टमाइज चिपसेट र सुधारिएको थर्मल म्यानेजमेन्ट सिस्टम छ, जसले छिटो र शक्तिशाली एआई प्रदर्शन प्रदान गर्छ ।
यसमा कम उज्यालोमा राम्रो फोटो खिच्नका लागि फराकिलो अपर्चर, स्पष्ट भिडिओका लागि सुधारिएको ुनाइटोग्राफी भिडिओु र स्टेबल भिडिओका लागि एड्भान्स ुसुपर स्टेडीु प्रविधि छ । यो एडभान्स्ड प्रोफेसनल भिडिओ स्ट्यान्डर्ड सपोर्ट गर्ने पहिलो ग्यालेक्सी डिभाइस पनि हो ।
फोनमा रहेको ‘नाउ नज्’ ले समयमै सान्दर्भिक सुझाव दिन्छ भने ‘नाउ ब्रिफ’ (Now Brief) ले प्लेलिस्ट वा रिमाइन्डर जस्ता व्यक्तिगत सिफारिसहरू गर्छ । गुगलसँगको ‘सर्कल टु सर्च’ फिचरलाई अपग्रेड गरी अब एकै पटक धेरै वस्तुहरू पहिचान गर्न सक्ने (Multi-object recognition) बनाइएको छ ।
मूल्य र उपलब्धता
ग्यालेक्सी एस२६ सिरिज कोबाल्ट भायोलेट र कालो रङमा उपलब्ध छ । नेपालका लागि यसको मूल्य यस प्रकार तोकिएको छ:
- ग्यालेक्सी एस२६ अल्ट्रा (१६ जीबी/१ टिबी): रु. २,९३,९९९
- ग्यालेक्सी एस२६ अल्ट्रा (१२ जीबी/५१२ जीबी): रु. २,४२,९९९
- ग्यालेक्सी एस२६ अल्ट्रा (१२ जीबी/२५६ जीबी): रु. २,१२,९९९
- ग्यालेक्सी एस२६+ (१२ जीबी/२५६ जीबी): रु. १,८२,९९९
- ग्यालेक्सी एस२६ (१२ जीबी/२५६ जीबी): रु. १,३३,९९९
प्रि-अर्डर तथा अफर
ग्राहकहरूले आधिकारिक वेबसाइट (sa msungcampaigns.com) मा गएर वा क्यूआर कोड स्क्यान गरेर प्रि-अर्डर गर्न सक्छन् । प्रक्रिया अन्तर्गत ग्राहकले आफ्नो विवरण (नाम, फोन, ईमेल, मोडेल, रङ आदि) र रिटेलर छनोट गरी एन्ट्री बुझाउनु पर्ने हुन्छ ।
त्यसपछि प्राप्त हुने ओटिपी लिएर डिभाइस उपलब्ध भएपछि स्टोरमा गएर फोन प्राप्त गर्न सकिनेछ । प्रि-अर्डर गर्ने ग्राहकहरूका लागि आकर्षक अफरहरू पनि राखिएका छन् ।
जसमा एस२६ अल्ट्रा (१ टिबी वा ५१२ जीबी) मा १५ हजार रुपैयाँ, एस२६ अल्ट्रा (२५६ जीबी) मा १० हजार रुपैयाँ र एस२६/२६ प्लसमा ५ हजार रुपैयाँ बराबरको स्टोरेज अपग्रेड अफर उपलब्ध छ ।
फोन खरिद गर्नका लागि हुलास फिन सर्भमार्फत सञ्चालित ‘सामसङ इन्स्टा फाइनान्स’ बाट २४ महिनासम्मको ईएमआई सुविधा लिन सकिन्छ । यसको मासिक किस्ता ३,६३६ रुपैयाँबाट सुरु हुन्छ र यसका लागि केवल नागरिकता प्रमाणपत्र भए पुग्छ ।
यसका साथै ग्राहकहरूले ‘सबको फोन‘ वा ‘अर्कोस्टोर‘ मार्फत आफ्ना पुराना डिभाइसहरू साटेर पनि नयाँ ग्यालेक्सी एस२६ लिन सक्नेछन् ।






Comments are closed.