काठमाडौं । सामसङले नेपालमा आफ्नो अत्याधुनिक स्मार्ट वाच, ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक गरेको छ । यो नयाँ सिरिजले प्रयोगकर्ताको दैनिक जीवनलाई अझ स्मार्ट, स्वस्थ र सहज बनाउने लक्ष्य लिएको छ । स्टाइलिस डिजाइन, उन्नत स्वास्थ्य निगरानी प्रणाली र एआई प्रविधिको प्रयोगमार्फत यो वाचले स्मार्ट वेरेबलको अनुभवलाई नयाँ उचाइमा पुर्याएको छ ।
ग्यालेक्सी वाच८ सिरिज पातलो र हलुका डिजाइनसहितको आकर्षक स्क्रिन, प्रिसाइस हेल्थ ट्र्याकिङका लागि उन्नत बायोएक्टिभ सेनसर, सुत्ने समयको सुझाव दिने सर्केडियन एनालाइसिस, दौड अभ्यासका लागि रनिङ कोच र क्यारोटेनोइड लेभल परीक्षण सुविधा सहित आएको छ। यी सबै सुविधाहरूले प्रयोगकर्तालाई स्वस्थ जीवनशैली अपनाउन सघाउँछन् ।
यस वाचमा अब जेमिनी एआई समावेश गरिएको छ, जसको माध्यमबाट आवाज आदेशद्वारा घडीलाई नियन्त्रण गर्न सकिन्छ । सामसङ हेल्थ जस्ता एप्समार्फत स्वास्थ्य निगरानी, मेसेज पठाउने, वा व्यायाम सुरु गर्ने काम पनि सहज रूपमा गरिन सक्छ ।
सामसङको भनाइ अनुसार, यो वाच दैनिक प्रयोगका लागि अत्यन्तै उपयुक्त छ – चाहे अफिस मिटिङ होस् वा जिम वर्कआउट । मेटल फ्रेम र स्किन–फ्रेन्डली ब्यान्डले आरामदायी अनुभव दिने यस वाचको मिनिमलिस्ट डिजाइनले सबै पहिरनमा सुहाउँदो उपस्थिति दिन्छ ।
उपलब्ध मोडल र मूल्यसूचीः
ग्यालेक्सी वाच८ क्लासिक (४६ एमएम, White): रु ७४,९९९
ग्यालेक्सी वाच८ (४० एमएम, Graphite): रु ५४,९९९
ग्यालेक्सी वाच८ (४४ एमएम, Graphite/Silver): रु ५९,९९९
स्वास्थ्यप्रेमी र स्टाइलप्रेमी सबैका लागि उपयुक्त यो वाच सिरिज नेपाली बजारमा उपलब्ध भइसकेको छ । स्मार्ट टेक्नोलोजी र व्यक्तिगत स्वास्थ्यबीच सन्तुलन खोज्ने उपभोक्ताका लागि ग्यालेक्सी वाच८ सिरिज एक भरपर्दो विकल्प बन्ने अपेक्षा गरिएको छ ।
Comments are closed.