नागरिकता किस्ताबन्दीमा राखेर सामसुङ टिभी र होम अप्लायन्स किन्न सकिने

काठमाडौं । Samsung Nepal ले आफ्नो Insta Finance सेवा झनै सरल र पहुँचयोग्य बनाएको छ। अब ग्राहकहरूले सिर्फ नागरिकता र दुई वटा पासपोर्ट साइज फोटो (आफ्नो र ग्यारेन्टरको) मात्र पेश गरेर Samsung TV वा होम अप्लायन्स घन्टाभित्र घर लैजान सक्नेछन्।

यसअघि केवल Samsung TV मा लागू गरिएको एक डकुमेन्ट Insta Finance सेवा अबदेखि Samsung होम अप्लायन्सहरूमा पनि लागू गरिने भएको छ।

ग्राहकहरूले २०८२ जेठ १९ गते देखि सुरु भएको यस सुविधामार्फत रु. ३०,००० वा सोभन्दा माथिको मूल्य भएका Samsung TV वा होम अप्लायन्स मा ०% ब्याजदरमा १२ महिनाको EMI मा खरिद गर्न सक्नेछन्। ग्राहकले ३०% डाउन पेमेन्ट गर्नुपर्नेछ।

Hulas Fin Serve Hire Purchase Limited द्वारा सञ्चालित यो अभियानले Samsung का अत्याधुनिक प्रविधिलाई नेपाली उपभोक्तासम्म सहज रूपमा पुर्‍याउने लक्ष्य राखेको छ।

Insta Finance सेवा Samsung का २००+ अधिकृत स्टोरहरूमा Him Electronics Pvt. Ltd. र Triveni Byapar Pvt. Ltd. को डिलर नेटवर्कमार्फत उपलब्ध छ।

You might also like

Comments are closed.

Secret Link