सामसङको ‘ग्यालेक्सी मल्टिबाइ अफर’ सार्वजनिक, ५३ प्रतिशतसम्म छुट

काठमाडौं । सामसङ नेपालले आफ्नो ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिद गर्दा लागू हुने विशेष ‘ग्यालेक्सी मल्टिबाइ अफर’ सार्वजनिक गरेको छ ।  सीमित अवधिको लागि उपलब्ध यो अफर अन्तर्गत ग्राहकहरूले ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअप जस्ता अत्याधुनिक वेरेबल उपकरणहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

सामसङका अनुसार नयाँ फ्ल्यागशिप, ए-सिरिज वा एम- सिरिज स्मार्टफोनहरू खरिद गर्ने ग्राहकहरूले चुनिएको ग्यालेक्सी वाच र बड्समा ५३ प्रतिशतसम्मको छुट पाउने छन् । यस अफरले प्रयोगकर्ताहरूलाई आफ्नो स्मार्टफोनलाई ग्यालेक्सी वाच८ क्लासिक वा बड्स३ जस्ता उपकरणहरूसँग जडान गरेर पूर्ण ग्यालेक्सी अनुभव लिन सक्ने बनाएको छ ।

यी वेरेबल उपकरणहरूमा रक्तचाप, ईसीजी  जस्ता उन्नत स्वास्थ्य निगरानी सुविधा, सहज कनेक्टिभिटी र ग्यालेक्सी एआईद्वारा सञ्चालित उत्कृष्ट अडियो अनुभव उपलब्ध छन्, जसले प्रयोगकर्ताको दैनिक जीवनलाई स्मार्ट र सुविधाजनक बनाउँछ ।

यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ र नेपालभरका सामसङ अधिकृत स्टोरहरूमा मान्य छ । साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले प्रतिशत ब्याजदरमा सहज इएमआई योजनाबाट नयाँ डिभाइसहरू प्राप्त गर्न सक्नेछन् ।

You might also like

Comments are closed.