काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ २०२५ QLED टिभी लाइनअप सार्वजनिक गर्दै नेपाली उपभोक्ताका लागि अत्याधुनिक ‘भिजन एआई’ (Vision AI) प्रविधि ल्याएको छ। यस प्रविधिले टिभीलाई केवल डिस्प्ले नभई स्मार्ट साथीमा रूपान्तरण गर्दै तस्वीर र आवाजलाई एआईद्वारा अझ जीवन्त बनाउनेछ। सामसङले यो नयाँ श्रृंखलामार्फत उपभोक्तालाई व्यक्तिगत अनुभव दिने, स्मार्ट होमसँग सहज जोडिने र दैनिकीमा सजिलै मिसिने इन्टर्टेन्मेन्ट समाधान उपलब्ध गराएको जनाएको छ।
भिजन एआई प्रविधि तीन आधारभूत स्तम्भमा आधारित छ। ‘एआई मोड’ ले कन्टेन्ट र वरिपरिको वातावरणअनुसार वास्तविक समयमा स्क्रिन अनुभव मिलाउँछ। ‘एआई एक्स्पीरीएन्स’ ले प्रयोगकर्ताको रोजाइ बुझेर समयसँगै व्यक्तिगत सुझाव र सेटिङ्ग प्रदान गर्छ। त्यस्तै, ‘मल्टी–डिभाइस कनेक्टिभिटी’ मार्फत टिभीलाई स्मार्टफोन, ट्याब्लेट वा अन्य स्मार्ट उपकरणसँग सहजै जडान गरी सामसङको सम्पूर्ण इकोसिस्टममा निरन्तरता कायम राख्न सकिन्छ।
नयाँ पुस्ताका यी टिभीमा युनिभर्सल जेस्चर कन्ट्रोल, एआई अपस्केलिङ, जेनारेतिभ वलपेपर, स्मार्टथिंग्स कनेक्टिभिटी, पेट एन्ड फेमिली केर मोड जस्ता फिचरहरू समावेश छन् । यसले टिभीलाई अझ स्मार्ट र सहज बनाउन ठूलो भूमिका खेलेको छ । साथै, बिल्ट–इन स्मार्टथिंग्स हबमार्फत प्रयोगकर्ताले आफ्ना अन्य स्मार्ट उपकरणहरू सजिलै नियन्त्रण गर्न सक्छन् भने सामसङ नक्स् सुरक्षा प्लाटफर्मले व्यक्तिगत डेटा सुरक्षित राख्छ । कम्पनीले ७ वर्षसम्म निःशुल्क OS अपग्रेडको ग्यारेन्टीसमेत दिएको छ, जसले प्रयोगकर्तालाई लामो समयसम्म अद्यावधिक फिचर र सुरक्षा सुनिश्चित गर्छ ।
सामसङको नयाँ QLED 4K लाइनअपमा QA85Q7F, QA75Q7F, QA65Q8F र QA55Q8F मोडेलहरू प्रमुख रूपमा उपलब्ध छन् । यी टिभीहरू सिनेमाजस्तो अडियो–भिजुअल अनुभव, स्लिम डिजाइन र ऊर्जा दक्षताका साथ बजारमा आएको कम्पनीले जनाएको छ । मूल्यतर्फ, QLED मोडेलहरूको मूल्य रु १,८२,९९० देखि रु ३,९९,९९० सम्म रहनेछ भने UHD, FHD र HD मोडेलहरू पनि उपभोक्ताको रोजाइका लागि उपलब्ध छन् ।
ग्राहकलाई थप सुविधा स्वरूप, सामसङले ‘Samsung Insta Finance’ सेवा उपलब्ध गराएको छ, जसअन्तर्गत रु ९,९२७ मासिक किस्ताबाट सुरु हुने ०% ब्याजदर EMI योजनामा नयाँ QLED TV किन्न सकिन्छ । साथै, पुराना टिभी साटेर नयाँ मोडेल प्राप्त गर्ने अवसर पनि रहेको छ ।
सामसङ नेपालका CE बिजनेस हेड मिलन कुमार झाका अनुसार, “भिजन एआईले व्यक्तिगत र एआई–समर्थित स्क्रिन अनुभवको नयाँ युग सुरु गरेको छ । ‘It’s Your Show’ नारासहित हामीले प्रयोगकर्तालाई पूर्ण नियन्त्रण दिने लक्ष्य लिएका छौं । नयाँ एआई टिभीहरूले घरमै सिनेमाजस्तो अनुभव दिन्छन् र प्रिमियम टिभी बजारमा हाम्रो नेतृत्व अझ मजबुत बनाउनेछ ।”
Comments are closed.