संचार सहकारीद्वारा महिला सदस्यलाई तीज उपहार

पोखरा । पोखराको न्यूरोड स्थित संचार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्य महिलालाई तीज उपहार प्रदान गरेको छ । संस्थाका अध्यक्ष विनोद ढुंगानाले सहकारीका महिला शेयर सदस्यलाई तीज विशेष उपहार प्रदान गरेका हुन् ।

अध्यक्ष ढुंगानाले परापूर्वकाल देखि मनाउँदै आएको तीज पर्वको आफ्नै धार्मिक, सांस्कृतिक सामाजिक एवं ऐतिहासिक महत्व रहेको जनाउँदै महिला दिदीबहिनीलाई सम्मान स्वरुप संस्थाले उपहार प्रदान गरेको बताए । संस्थाले महिला उद्यमी बन्न प्रोत्साहन गर्दै उद्यमी कर्जामा कम ब्याजमा ऋण लगानी र नारी बचतमा बढि ब्याज दिएर महिला शेयर सदस्यलाई प्राथमिकता दिएको उनको भनाइ छ ।

संस्थाका  प्रवन्धक रेशम खड्काले तीन वर्ष देखि महिला शेयर सदस्यहरुलाई तीज उपहार प्रदान गर्दै एक अर्कामा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको जानकारी दिए । उपहारमा भेलभेटको थैली ब्याग, कपालमा लगाउने डोरी र काँटा प्रदान गरिएको हो । उनका अनुसार तीनसय ९७ शेयर सदस्य मध्य संस्थमा १ सय ६६ जना महिला सदस्य रहेका छन् । त्यसैगरी बासलात २४ करोडको हाराहारीमा छ भने १७ करोड निक्षेप संकलन र १९ करोड र लगानी गरेको छ ।

jutta mela

संस्थाका शेयर सदस्य सजनी श्रेष्ठले हिन्दु नारीहरुको महान् पर्वलाई संस्थाले प्राथमिकता दिएर उपहार प्रदान गर्नु निकै सकारात्मक भएको धारणा राखिन् । उनले पर्व लक्षित यस्ता कार्यक्रमले सामाजिक सद्भाव र आत्मियता एवं भाइचारा वृद्धि गर्ने बताइन् । अर्का सदस्य शारदा भुजेलले संस्थाले तीजको अवसरमा महिला शेयर सदस्यलाई उपहार प्रदान गरेर शेयर सदस्य महिलाबीचको आत्मियता प्रगाढ गराएको धारणा राखिन् ।

संस्थाका उपाध्यक्ष प्रेम दाहालले तीज लक्षित यस कार्यक्रमले पर्वको महिमालाई उजागार गर्दै सामाजिक सद्भाव र सहिष्णुतालाई जोड दिएको बताए । तीज महिलाको साझा एवं स्वतन्त्रताको पर्व भएकाले यसका सकारात्मक पक्षहरुलाई ग्रहण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने धारणा राखे ।

You might also like

Comments are closed.