सञ्चार सहकारीको अध्यक्षमा पुनः विनोद ढुंगाना

पोखरा । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको संचार बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा विनोद ढुंगाना पुनः सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सहकारीको पोखरामा सम्पन्न दशौं वार्षिक साधारणसभाले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

सहकारीको उपाध्यक्षमा प्रेम दाहाल, सचिवमा पवित्रराज तिवारी, कोषाध्यक्षमा युवराज खनाल, सदस्यमा रुद्रबहादुर केसी, बिनोद भुजेल, नन्दप्रसाद पोखरेल, मात्रिका प्रसाद पोखरेल, रमा तिवारी, किरण ढकाल, जमुना शर्मा सर्वसम्मत भएका छन् ।

लेखा समिति संयोजकमा गणेश पराजुली र सदस्यहरुमा दीपेन्द्र आले मगर र हरिराज पन्त तथा ऋण लगानी उपसमिति सदस्यमा श्यामकृष्ण रेग्मी र यमबहादुर क्षेत्री छन् ।

jutta mela

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्रबहादुर बुढाको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।

You might also like

Comments are closed.