सञ्चार व्यवसायी समितिको २५औं वार्षिकोत्सवमा विद्यार्थीलाई छात्रबृत्ती वितरण

पोखरा । सञ्चार व्यवसायी समिति कास्कीले २५औं वार्षिकोत्सव शुक्रबार मनाएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले अमरज्योती आधारभूति विद्यालय पोखरा २६ तालबेसीका ३ जना विद्यार्थीलाई संस्थाले छात्रबृत्ती प्रदान गरेको हो ।

सामाजिक उत्तरदायित्व बहन अन्तर्गत संस्थाले उक्त विद्यालयका विद्यार्थीलाई एक वर्षका लागि पुग्ने सम्पूर्ण खर्च सहयोग गरेको अध्यक्ष रुद्र कार्कीले जानकारी दिए ।

समितिका पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक विनोद ढुंगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

संस्थाका अध्यक्ष रुद्र कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा सचिव दीपेन्द्र आले, सदस्य पवित्रराज तिवारी, प्रधानाध्यापक सत्यदेवी बराल, समाजसेवी दुर्गादत्त बराल लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.