सञ्चार सहकारी र पिस चौतारीको आयोजनामा रक्तदान र मधुमेह परीक्षण कार्यक्रम

पोखरा । सञ्चार बचत तथा ऋण सहकारी संस्था लि. र लायन्स क्लब अफ पोखरा पिस चौतारीको संयुक्त आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सहकारीको प्रधान कार्यालय रहेको न्युरोडमा आयोजित कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् ।

विश्व मधुमेह दिवसको अवसर पारेर सोही अवसरमा मधुमेहको निःशुल्क परीक्षणसमेत गरिएको छ । उक्त अवसरमा १ सय ५० जनाले मधुमेह परीक्षण गरेको क्लबका अध्यक्ष प्रेमप्रसाद दाहालले जानकारी दिए । ‘यो क्लबको वार्षिक नियमित कार्यक्रम हो,’ उनले भने ।

एफडब्लुसी मल्टिपल कोअर्डिनेटर दीपक श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । उक्त अवसरमा फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर विशेश्वर आचार्य लगायतको उपस्थिति थियो । सामाजिक उत्तरदायित्व बहन गर्दै सहकारीले रक्तदान तथा मधुमेह परीक्षणमा सहकार्य गरेको सहकारीका अध्यक्ष विनोद ढुंगानाले जानकारी दिए ।

jutta mela

रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.