सञ्चार सहकारीको व्यवस्थापकमा रेशम खड्का

पोखरा । सञ्चार बचत तथा ऋण सहकारी संस्था लि. पोखराको व्यवस्थापकमा रेशम खड्का नियुक्त भएका छन् । सहकारीको हालै सम्पन्न बैठकले उनलाई व्यवस्थापकमा नियुक्त गरेको हो ।

यस अगाडि खड्का सहकारीको लेखा समिति संयोजक थिए । व्यवस्थापक नियुक्त हुनु अगाडि उनले उक्त पदबाट राजीनामा दिइसकेका छन् ।

खड्काको नेतृत्वमा सहकारीको व्यवस्थापन उत्कृष्ट हुने आफूले विश्वास लिएको अध्यक्ष बिनोद ढुंगानाले जानकारी दिए । कास्की जिल्लाभर कार्यक्षेत्र रहेको सहकारीमा करिब ३ सय जना सेयर सदस्य छन् ।

‘नयाँ व्यवस्थापनबाट सहकारीले अझै बढी गुणस्तरीय वित्तीय सेवा प्रदान हुनेछ,’ अध्यक्ष ढुंगानाले भने ।

You might also like

Comments are closed.