सन्दीप लामिछानेको मुद्दा सर्वोच्चमा हेर्दाहेर्दैमा

काठमाडौं ।  नाबालिग बलात्कार मुद्दाका आरोपित क्रिकेट खेलाडी सन्दीप लामिछानेको मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखिएको छ ।

आरोपित सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो । त्यस्तै सन्दीप लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

दुवै मुद्दामा आइतबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ भएको थियो । तर सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा रहेको सर्वोच्च अदालतले राखेको छ । हेर्दाहेर्दैमा भएको मुद्दा भोलि सोमबार सुनुवाई हुनेछ ।

आजको सुनवाईमा वरिष्ठ अधिवक्ता शम्भु थापाले कसैले हात नमिलाउँदैमा क्रिकेटर सन्दीप लामिछाने दोषी नहुने बताएका छन् । सर्वोच्च अदालतमा लामिछानेको पक्षमा बहस गर्दै उनले कसैले हात मिलाएन भन्दैमा उनी दोषी नहुने जिकिर गरेका हुन् ।

यस्तै, पीडितको तर्फबाट शान्ति रिसाल काफ्लेसहितको ३ जनाले बहस गरे भने सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका थिए ।

You might also like

Comments are closed.