सर्वोच्च अदालतद्वारा सन्दीपविरुद्धको मुद्दाका कागजात झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्धको मुद्दाका कागजात झिकाउन आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश हरि फुयाँलको इजलासले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात (कैफियत प्रतिवेदन) झिकाउन आदेश दिएको हो ।

सन्दीपलाई के कति आधारमा धरौटीमा छाड्ने आदेश दिइएको हो भन्दै उच्च अदालत पाटनबाट कैफियत प्रतिवेदन माग गर्ने गरी सर्वोच्चले आदेश गरेको हाे । निवेदनअनुसार आदेश जारी भए सन्दीप मुद्दाको टुंगो नलागेसम्म थुनामै बस्नुपर्ने हुन्छ ।

jutta mela

एक किशोरीलाई जवरजस्ती गरेको आरोपमा जबरजस्ती करणीको मुद्दा खेपेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न २८ पुसमा उच्च अदालत पाटनले आदेश दिएको थियो र उनी रिया भएका थिए । उक्त आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।

महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग राखेको छ ।

लामिछानेलाई क्रिकेट संघले निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा समावेश गरिसकेको छ ।

 

You might also like

Comments are closed.