काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पेशी रहेको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा क्रिकेटर लामिछानेको मुद्दाको सुनवाइ हुने भएको जनाइएको छ ।
लामिछानेको अघिल्लो पटकको पेशी बिना सुनवाइ स्थगित भएको थियो ।जाहेरीकर्ताले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनका कारण अघिल्लो सुनवाई स्थगित भएको हो ।
लामिछाने विश्वकप ग्लोबल क्वालिफायरका लागि दक्षिण अफ्रिका जानुपर्ने हुँदा मुद्दा छिटै किनारा लागोस् भन्ने चाहन्छन् । आज सुनवाइ नभएमा लामिछानेको दक्षिण अफ्रिका र जिम्बाबेको भ्रमण प्रभावित हुन सक्ने वताइएको छ ।
Comments are closed.