विमानस्थलबाटै पक्राउ गरी सन्दीप लामिछानेलाई लगियो गौशाला

काठमाडौं । बलत्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ ।

दोहाबाट कतार एयरवेजको जहाज चढेर आज बिहान काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

कालो मास्क, कालो क्याप र सेतो ट्र्याकसुटमा रहेका उनलाई प्रहरीले हत्कडी लगाएको छ । हतकडी लुकाउने प्रयासमा त्यसमाथि रुमाल राखिएको छ ।

विमानस्थलबाट प्रहरी भ्यानमा राखेर उनलाई प्रहरी वृत्त गौशाला लगिएको छ । उनलाई गौशाला प्रहरीमै राखेर अनुसन्धान अघि बढाइने छ ।
सन्दीपले आफूले आत्मसमर्पण गर्न लागेकाले हतकडी नलगाइदिन र आफ्ना वकिललाई विमानस्थलमै उपस्थित गराइदिन प्रहरीसमक्ष माग गरेका थिए, तर उनका दुवै माग सम्बोधन भएनन् ।

गत भदौ २१ गते एक नाबालिकाले सन्दीपले आफूलाई ५ भदौमा गौशालाको होटेलमा राखेर बलात्कार गरेको आरोपमा उजुरी दर्ता गराएकी थिइन् ।

आफ्ना एक साथीसँग गौशाला पुगेकी पीडितले आफूलाई कप्तान लामिछानेले दुईपटक बलात्कार गरेको गौशालाका प्रहरीसमक्ष बताएकी छिन् । क्यारेबियन लिग खेल्न नेपाल बाहिर रहेका बेला उनीविरुद्ध गौशाला प्रहरीमा उजुरी परेको थियो ।

उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । गौशाला प्रहरीकाका अनुसार काठमाडौंको एक कलेजमा अध्ययनरत उनी लामिछानेकी ‘फ्यान’ थिइन् । उनीहरुबीच सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो ।

 

You might also like

Comments are closed.