सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय

काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वकप्तान सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ ।

पोखरामा मंगलबार भएको केन्द्रिय कार्यसमिति बैठकले बलात्कारको अभियोग झेलिरहेका लामिछानेको निलम्बन फुकुवाको निर्णय गरेको बोर्ड सदस्यले जानकारी दिएका छन् ।

किशोरी बलात्कारको आरोप लागेपछि उनलाई गत भदौ २३ गते क्यानको कार्यसम्पादन समितिले निलम्बन गर्ने निर्णय गरेको थियो । लामिछाने पुस २९गते रिहा भएसँगै क्यानले निलम्बन फुकुवाबारे छलफल थालेको थियो ।

jutta mela

उनलाई असोज २० गते पक्राउ गरी जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो र पुस २८ गते उच्च अदालत, पाटनले २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दिएको थियो ।  यद्पी लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

You might also like

Comments are closed.