सांघाईमा कोभिड केश भेटिएपछि उडान रद्द, विद्यालय बन्द

 

सांघाई ।, चीनले आफ्नो कडा शून्य–कोभिड नीति जारी राखेको कारण शंघाईमा तीन कोरोनाभाइरसका घटनाहरू भेटिएपछि सयौं उडानहरू रद्द गरियो, केही विद्यालयहरू बन्द गर्नुको साथै भ्रमण समूहहरू शुक्रबार रद्द गरिएको छ ।

बेइजिङले यात्रा प्रतिबन्धहरू र कडा रुपमा गरिएका लकडाउनका कारण आफ्नो सिमानामा कोरोनाभाइरसको फैलावटलाई नियन्त्रण गर्न धेरै हदसम्म सफल भएको छ ।

साघांइबाट नजिकै पर्ने शहर सुझाउबाट फर्किएका तीन व्यक्तिमा कोरोनाको संक्रमण देखा परेको जनाइएको छ । बिहीबार साँझ जारी एक पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारीहरूले कोरोना सङ्क्रमण भएका यी तीन जनाले नै पूर्ण मात्रा खोप लगाएका जानकारी दिइएको छ । शुक्रबार सांघाईका दुई प्रमुख विमानस्थलबाट ५०० भन्दा बढी उडानहरू रद्द गरिएका सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् । रासस/एएफपी

 

You might also like

Comments are closed.