सांग्रिला भिलेज रिसोर्टद्वारा वातावरणमैत्री गाडीबाट सेवा प्रदान

काठमाडौं । सांग्रिला भिलेज रिसोर्ट पोखराले वातावरणमैत्री गाडीबाट पर्यटकलाई सेवा प्रदान गर्न सुरु गरेको छ । बिवाइडी ब्राण्डको इलेक्ट्रिक गाडीबाट पर्यटकलाई बिमानस्थल, पर्यटन बसपार्क, लेकसाइड लगायत बजार क्षेत्रमा पिकअप तथा ड्रप गर्न सुरु गरिएको रेसिडेन्ट म्यानेजर गुप्त गिरीले आर्थिक आवाजलाई जानकारी दिए । पाहुनाको सुविधाका लागि यो इलेक्ट्रोनिक गाडी निकै प्रभावकारी हुने गिरीले बताए ।

साइडसिनका गन्तव्यहरुमा आवात जावत गर्नका लागि पनि रिसोर्टले विद्युतीय गाडी प्रयोग गर्नेछ । वातावरणमैत्री यो गाडी साउण्ड र प्रदुषण प्रुप रहेको गिरीले बताए । सांग्रिला भिलेज रिसोर्ट पोखरासहित सांग्रिला होटल काठमाडौंले पनि पर्यटकको सुविधाका लागि यो गाडीको प्रयोग सुरु गरेको छ ।
नेपालमा उत्पादन भइरहेको विद्युतको खपत बढाउन, पेट्रोलियम खरिद गर्दा बाहिर जाने पैसा रोक्न तथा वातावरण संरक्षण गरी प्रदुषण कम गर्न विद्युतीय गाडी सहयोगी हुने रिसोर्टले विश्वास लिएको छ । आवश्यकता अनुसार आगामी दिनमा विद्युतीय गाडी थप गरि सेवा प्रदान गरिने रिसोर्टले जनाएको छ ।

सन् १९९६ बाट सुचारु भएको रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न सफल छ । पोखरा क्षेत्रको उत्कृष्ट होटलमा पर्ने यो रिसोर्टमा प्रिमियम र सुपरडिलक्स गरी ६१ वटा रुम छन् । साँग्रिला भिलेज रिसोर्टमा पुग्ने पर्यटकलाई त्यहाँको सुन्दर, शान्त वातावरणले निकै आकर्षित गर्छ । २५ रोपनी जग्गामा बनेको सांग्रिला भिलेज रिसोर्टमा ५५ हजार स्वायर फिटमा आकर्षक बगैंचा छ । प्रत्येक रुमबाट हिमालयको सुन्दर दृश्यहरु अवलोकन गर्न सकिन्छ ।

jutta mela

You might also like

Comments are closed.