सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता

काठमाडौं । सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच न्यून आर्थिक अवस्था भएका महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको छ ।

सम्झौतामा अस्पतालका तर्फबाट प्रहरी अतिरिक्त महानिरिक्षक डा आशा सिंह र बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकले उपचारका लागि वार्षिक  ४ लाख ८० हजार रुपैयाँ उपलब्ध गराउने बताइएको छ । बैंकले प्रत्येक नारी बचत खाता वापत बैंकको तर्फबाट मासिक १ रुपैयाँका दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । संकलित रकम नारी उत्थानका लाथि खर्च गर्ने उद्देश्यले नै बैंकले नेपाल प्रहरी अस्पतासँग सम्झौता गरेको बैंकका नायव प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले जानकारी दिए ।

बैंकले देशभर १२७ कार्यालय र १२० एटिएमबाट सेवा प्रवाह गरिरहेको छ ।

You might also like

Comments are closed.