तीजको अवसरमा सानिमा बैंकको कोसेली योजना

काठमाडौं । सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत बैंकले सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ, एनसेल सिम कार्ड, USD  इ–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गर्नेछ

साथै, ग्राहकलेखलकर शुल्कमा ७५५ छुट प्राप्त गर्नेछन् । यसैगरी पहिलो POS कारोबारमा १०५ वा अधिकतम रु। ५०० सम्मको क्यासब्याक प्राप्त गर्नसक्ने बताइएको छ । यो योजना भदौ १ देखि १५ गतेसम्म लागू हुनेछ । साथै, क्यासब्याक योजना भाद्र मसान्तसम्म लागू हुनेछ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम संचालनमा रहेका छन् ।

You might also like

Comments are closed.