अग्रवाल ‘दक्षिण एशियाका उत्कृष्ट १० बीजनेस लिडर्स –२०२२’ मा पर्न सफल

काठमाडौं ।  नेपालमा मोबाइल र कन्ज्युमर ड्युरेबल उद्योगहरूमा अग्रगामी युवा व्यवसायी तथा उद्यमी सञ्जय अग्रवाल, हालै सीईओ इनसाइट एशिया द्वारा “दक्षिण एशियाका उत्कृष्ट १० बीजनेस लीडर्स–२०२२” मध्ये एकको रूपमा सम्मानित भएका छन् । यो अवार्डले दक्षिण एशियाली राष्ट्रहरुमा कर्पोरेट क्षेत्रलाई भविष्यमा बहुआयामिक दिशातर्फ डो¥याउने उत्कृष्ट व्यवसायी र विचारशील लीडर्सहरूलाई सम्मान गर्दै आईरहेको छ ।

अग्रवालले कलर्स, स्पाइस, एचटीसी, ब्ल्याकबेरी, जिओनी र शाओमी लगायत नेपालमा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय मोबाइल कम्पनीहरूको निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन् । हाल उनी रमेश कर्पोरेशनका कार्यकारी निर्देशक छन् र विभिन्न मोबाइल ब्रान्डहरू सफलतापूर्वक शुरू गर्दै यसको सम्पूर्ण मोबाइल क्षेत्रको विकासका लागि राष्ट्रिय स्तरका नीतिहरू बनाउने मोबाइल फोन आयातकर्ता संघ(-MPIA)नीति निर्धारण गर्ने निकायको उपाध्यक्ष पनि नियुक्त छन् ।

यो अवार्ड अग्रवालको विशिष्ट नेतृत्वदायी भूमिका र नेपालका विभिन्न उद्योगहरू, विशेषगरी मोबाइल, कन्ज्युमर ड्युरेबल र प्रविधिमा उल्लेखनीय योगदानको सम्मान गर्दछ । उनले राष्ट्रिय स्तरमा यी उद्योगहरूको सुधारका लागि नीति निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन्, र उनको योगदानले समाजमा उल्लेखनीय प्रभाव पारेको छ ।

अग्रवालको उपलब्धि र सम्मानले उद्योगमा युवा उद्यमी र व्यवसायीहरूका लागि प्रेरणाको रूपमा काम गर्दछ साथै यस क्षेत्रमा उनको अनुभव र विशेषज्ञताले नेपाल र अन्य दक्षिण एशियाली देशहरूमा मोबाइल र कन्ज्युमर ड्युरेबल क्षेत्रको विकासको लागि मार्गदर्शक हुन सक्छ ।

सीईओ इनसाइट एशियाद्वारा सञ्जय अग्रवाललाई “दक्षिण एशियाका उत्कृष्ट १० बीजनेस लिडर्सरू – २०२२” मध्ये एकको रूपमा सम्मान उनको असाधारण नेतृत्व, योगदान र नेपाल तथा अन्य दक्षिण एशियाली देशहरूमा मोबाइल र कन्ज्युमर ड्युरेबल उद्योगहरूमा प्रभावको प्रमाण हो । उनको योगदानले समाजमा महत्वपूर्ण प्रभाव पारेको छ, र उनि यस सम्मानको हकदार हुन् ।

You might also like

Comments are closed.