काठमाडौं । संसदीय मामिला पत्रकार समाजको आगामी कार्यकालका लागि सञ्जिव बगालेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
समाजको आज सम्पन्न निर्वाचनले उपसभापतिमा डीपी उपाध्याय र तुलसी सापकोटा, महासचिव विष्णु खड्का, सचिव जयसिंह महरा र दीपेश श्रेष्ठ तथा कोषाध्यक्षमा सिर्जना घिमिरेलाई चयन गरेको हो । समाजको सातौँ अधिवेशनबाट कार्यसमितिका सदस्यमा रोशन सापकोटा, सविता शर्मा, अङ्गराज न्यौपाने, किरण दाहाल, शम्भुु दङ्गाल, आकाश घिमिरे, केशवबहादुर भूल र अमरदीप श्रेष्ठ निर्वाचित भएका छन् ।
संसद् र संसदीय समितिलाई मुख्य बिट बनाएर समाचार लेख्ने र तस्बीर खिच्ने पत्रकारको साझा थलोका रुपमा समाज रही आएको छ । उक्त समाजको पछिल्लो अद्यावधिकमा १३६ जना पत्रकार सदस्य कायम छन् । निर्वाचित पदाधिकारीलाई निर्वाचन मण्डलका संयोजक टङ्क पन्तले निर्वाचनको नतिजा सुनाएका थिए । सो अवसरमा अध्यक्ष नारायण काफ्लेले माला लगाई नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सफलताको कामना गरेका थिए ।
Comments are closed.