नेउवा महासंघ गण्डकी प्रदेश अध्यक्षमा कोइरालाको उम्मेदवारी घोषणा

 

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा संजीवबहादुर कोइरालाले पुनः उम्मेदवारी घोषणा गरेका छन् । उनी महासंघ प्रदेशको संस्थापक अध्यक्षसमेत हुन् ।

महासंघको गण्डकी प्रदेशको दोस्रो महाधिवेशन यही पुस ११ गते शनिबार पोखरामा हुँदैछ । शनिबार नै मनोनयन दर्ता तथा मतदान हुनेछ । कोइराला पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत हुन् ।

MANASLU

महासंघ प्रदेशको उपाध्यक्ष पदका लागि लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
प्रदेश अन्तर्गत जिल्ला नगर संघहरु २० वटा सदस्य रहेकामा १६ वटाले मतदानमा भाग लिन पाउनेछन् । बस्तुगतमा ४ सदस्य मध्ये ३ जनाले भाग लिनेछन् भने एसोसिएट सदस्यमा ३७ मध्ये ३५ जनाले मतदानमा भाग लिनेछन् । पर्वत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हरिओम शर्मा लामिछानेले पनि अध्यक्षमा उम्मेदवार घोषणा गरेका छन् । यद्यपि सर्वसम्मत नेतृत्व चयनको पहल भइरहेको छ ।

You might also like

Comments are closed.