सञ्जीबनी हर्बल चियाको दसैं अफर

 

काठमाडौं । ‘सञ्जीबनी हर्बल चिया’ दसैं अफर सार्वजनिक भएको छ । दसैंका अवसरमा ४ प्याकेट सञ्जीबनी हर्बल चिया खरिद गर्ने ग्राहकले एउटा चिया कप निःशुल्क पाउनेछन् ।

हरियाली मसला उद्योगद्वारा उत्पादित यो चियामा १३ प्रकारका जडिबुटी मिश्रित रहेको कम्पनीले जनाएको छ । चियामा गुर्जो, हर्रो, बर्रो, तुलसी, दालचिनी, तेजपात, लेमनग्रास, जेठीमधु, चुत्रो, खयर, सुठो, अमला, सुकमेल मिसाइएको उद्योगका अध्यक्ष प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

‘गाउँमा सजिलैसँग पाइने घरेलु जडिबुटीहरु जम्मा गरी स्याङ्जामा यस चियाको उत्पादन सुरु गरिएको हो,’ उनले भने । यो हर्बल चिया दिनहुँ सेवन गर्दा स्मरण शक्तिको विकास हुने तथा पुरानो खोकी तथा ज्वरो, दम, मधुमेह, उच्च रक्तचाप सन्तुलनमा सहयोग पुग्ने पौडेल बताउँछन् । ‘यो चियाले नयाँ तथा पुराना विभिन्न रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको वृद्धि गराउँछ,’ अध्यक्ष पौडेलले भने ।

You might also like

Comments are closed.